कास्की । नेपाल कम्युनिस्ट पार्टी कास्कीले सहिद सप्ताह फागुन (१४–२१) को अबसरमा सहिद तथा वेपत्ता योद्धा परिवारजनसङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पोखराको औद्योगिक क्षेत्र स्थित जिल्ला सम्पर्क कार्यालयमा भएको कार्यक्रममा जनयुद्धका क्रममा कास्कीबाट सहादत प्राप्त गर्ने र बेपत्ता हुनुहुने योद्धाहरुको परिवारजन र विभिन्न जिल्लामा सहादत प्राप्त गरेका तर हाल पोखरामा बसोबास गरिरहेका सहिद वेपत्ता परिवारजनहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो धारणा राख्ने अधिकांस परिवरजनहरुले अब शक्तिशाली माओवादी धाराको निर्माण गर्नुपर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेकपा राजनीतिक ब्युरो सदस्य तथा पश्चिम गण्डक इन्चार्ज कमरेड राजन सी ले माओवादी आन्दोलनको रक्षा र विकासका लागि नयाँ बहसको आवश्यकता रहेको र आजको राजनीतिक प्रणालीबाट जनताको अधिकार स्थपित नहुने बताए ।
कार्यक्रममा सहिद बेपत्ता परिवारजनहरु राधा सापकोटा, प्रकाश सी, दुर्गा पहारी, केदार आचार्य, राधा सिंखडा, शालिकराम पौडेल , बलबहादुर परियार, अणनाथ बराल, ओमकुमारी विश्वकर्मा लगाएतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्ला इन्चार्ज उभारले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी काजी सीले गरेका थिए भने सञ्चालन सोममाया सी र स्वागत मन्तव्य कमरेड उमेश सीले गरेका थिए ।
