२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपाद्वारा दाङमा अलपत्र फोरलेन सडक निर्माण...
--5266

नेकपाद्वारा दाङमा अलपत्र फोरलेन सडक निर्माण कार्य सुचारु गर्न दबाव स्वरुप चक्काजाम

नेकपाद्वारा दाङमा अलपत्र फोरलेन सडक निर्माण कार्य सुचारु गर्न दबाव स्वरुप चक्काजाम

आइतवार, फाल्गुण २१ २०७९
आइतवार, फाल्गुण २१ २०७९
  • फागुन २१ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीले दाङमा अलपत्र फोरलेन सडक निर्माण कार्य सुचारु गर्न दबाब स्वरुप चक्काजाम सम्पन्न गरेको छ ।
    सो पार्टीको तुलसीपुर नगर समितीको आयोजनामा आज लमही –घोराही – तुलसीपुर सडक तत्काल निर्माण कार्य सुचारु गर्न दबाब स्वरुप तुलसीपुरको हात्तीखौवा चोकमा आधा घण्टा चक्काजाम गरिएको नेकपाले जनाएको छ ।

    सडक लामोसमयदेखि अलपत्र हुँदा सवारी दुर्घटनाको जोखिम र धुलोले सास्ती दिँदा नागरिकले भोगेको सास्तीलाई मध्यनजर गरि सडक निर्माण कार्य अबिलम्ब सुचारु गर्न दबाब स्वरुप आधा घण्टा चक्काजाम गरिएको सो पार्टीले जनाएको हो ।

    चक्काजामपछिको कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सीले राज्यले जनताको स्वास्थ्यसंग गरेको लापरबाहीलाई नजरअन्दाज गर्न नसकिने चेतावनी दिएका हुन् । उनले भने – ‘ राज्यको बेवास्ताका कारणले गर्दा अलपत्र सडक दुर्घटनामा परि १८र२० जना नागरिकले ज्यान गुमाइसकेका छन् । दिनानुदिन सवारी दुर्घटनाका घटनाहरु बढिरहेका छन् । दैनिकजसो नागरिकहरुले धुलो धुवाको सास्तीका कारणले जनजीवन प्रभावित भइरहेको छ । हाम्रो पार्टी यो स्थिति टुलुटुलु हेरेर बस्न सक्दैन । हामी चरणबद्ध आन्दोलन गर्नेछौं तर राज्यको चरम लापरबाही र जनताको दैनिक जनजिविकाका सवालहरुमा चुप लागेर बस्न सक्नेछैनौ ।’

    नेता संजयले अलपत्र फोरलेन सडक निर्माण कार्य अबिलम्ब सुचारु नगरे पार्टी थप कडा संघर्षमा जाने चेतावनी दिएका थिए ।
    कोणसभाको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सीले गरेका थिए ।

    अलपत्र फोरलेन सडक निर्माण कार्य तत्काल सुचारुका लागि दाङमा विभिन्न संघरसंस्थाहरुले बेलाबेलामा आन्दोलन गर्ने गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij