जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले आफ्नो जाजरकोट जिल्ला इन्चार्ज पैरख सहित ४ जनालाई बिनाकारण मङ्गलवार राती प्रहरी पक्राउ गरेको प्रति गम्भीर आपत्ति जनाउँदै रिहाइको माग गरेको छ ।
दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सीले बिनाकारण जाजरकोट जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य पौरख सी, सेक्रेटरी विराजन सी, पत्रकार कर्ण बस्याल र दिपेन्द्र सिंहलाई प्रहरीले गैरकानुनी तरिकाले गिरप्तार गरिएकोमा गम्भीर आपत्ति जनाउँदै रिहाइको माग गरेका हुन् ।
ब्युरो इन्चार्ज संगमले जनपत्रिका सँग कुरा गर्दै प्रहरी प्रशासनले गरेको यो कार्य परिवर्तनको पक्षमा लडिरहेको पार्टीलाई सह्य नहुने बताएका छन् ।
महंगी, चर्को ब्याजदर, मिटर ब्याजी, कालोबजारी, लुघवित्तीय संस्थाको चर्को शोषण विरूद्व नेकपाले संघर्ष गरिरहेको छ भने मंगलबार मात्र जनताले लघुवित्तीय संस्थाका एक कर्मचारीमाथि जनताले जनकार्वाहीलाई गरेका थिए ।
