बुटवल । नेपाल कम्युनिस्ट पार्टीको मातृ संगठन युवा संगठन नेपाल रुपन्देहीले १९ केजी गाजा बरामद गरी प्रहरीलाई बुझाएको छ।
सुद्धोधन गाउँपालिका वडा न २ मा लुकाइ छिपाइ राखी खरिदबिक्री गर्ने क्रममा युवा संगठन नेपालको पहलमा बरामद गरि सालझन्डी इलाका प्रहरी कार्यालयमा बुझाएको युवा संगठन रुपन्देहीका अध्यक्ष भक्त थापा बताएका छ्न् ।
केही दिन अगाडी लागूऔषध ओसारपसार तथा खरिदबिक्री कर्तालाई कार्बाही गर्ने निर्णय भएको पत्रकार सम्मेलन मार्फत नेपाल कम्युनिस्ट पार्टीले बताएको थियोे।
