२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--5252

नेकपा नवलपरासीद्धारा महंगीविरुद्ध प्रदर्शन

नेकपा नवलपरासीद्धारा महंगीविरुद्ध प्रदर्शन

सोमवार, फाल्गुण १५ २०७९
सोमवार, फाल्गुण १५ २०७९
  • बुटवल । नेकपा नवलपरासीले महंगी विरुद्ध प्रदर्शन गरेको छ । जिल्लाको रामग्राममा नेकपाले महंगी, भ्रष्टाचार र लघुवित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध प्रदर्शन गरेको हो ।

    प्रदर्शनपछि कोणसभामा बोल्दै पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कमल सीले राज्यले लघुवित्त संस्थाको नाममा कानुन बनाएर जनतालाई आत्महत्या गर्न बाध्य पारेको बताउदै यसका विरुद्ध पार्टीले संघर्ष गर्ने बताए । उनले जिल्लामा मिटरब्याजीहरु विरुद्ध पार्टीले जस्तोसुकै संघर्ष समेत गर्ने बताए ।

    केन्द्रीय कार्यक्रम अन्तर्गत नवलपरासीमा महंगी विरुद्ध प्रदर्शन गरिएको जिल्ला सेक्रेटरी प्रताप सीले बताए । विरोध प्रदर्शनपछिको कोणसभाको संचालन लोकमान सीले गरेका थिए ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij