बुटवल । नेकपा रुपन्देहीले भैरहवामा महंगीविरुद्ध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत गरिएको प्रदर्शनमा महंगीविरुद्ध नाराबाजी गरिएको थियो ।
प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी विरेन्द्र सीले राज्यले महंगी थोपरेर जनताको ढाड सेकेको भन्दै यसको विरुद्ध पार्टीले निरन्तर संघर्ष गर्ने बताए । उनले नेपाली जनताको मुख्य दुश्मन दलाल पुँजीवाद भएको भन्दै यसका विकल्प वैज्ञानिक समाजवाद भएको बताए ।
युवा संगठन नेपाल केन्द्रीय सचिव विश्लेषण सीले भ्रष्टाचार गरेर महंगी बढाई जनतामाथि अन्याय गर्ने दलाल सत्ताविरुद्ध युवाहरुले संघर्ष गर्ने बताए । उनले युवाहरुलाई विदेश जान बाध्य पारेर दलाल राज्यसत्ताले जनतामाथि लुट मच्चाएको बताए ।
पार्टी पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शरद सी, केन्द्रीय सदस्य विश्वास सीलगायतको सहभागिता रहेको थियो ।
