बुटवल । अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी संगठनहरु आगामी स्ववियु निर्वाचनमा संयुक्त रुपमा सहभागी हुने भएका छन् ।
आज नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका संयाेजक करण बुढा र अखिल (क्रान्तिकारी) का संयाेजक कपिल सिजापतिले संयुक्त विज्ञप्ति जारी गरि आगामी स्ववियु निर्वाचन–२०७९ बारे लिएका विभिन्न निर्णयहरु सार्वजनिक गरेका छन् ।
संयुक्त विज्ञप्तिकाे पूरा पाठ-
आज मिति २०७९ फाल्गुन १आज मिति २०७९ फाल्गुन १४ गते नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले आगामी स्ववियु निर्वाचन–२०७९ वारे लिएका निर्णयहरु सार्वजनिक गर्न यो संयुक्त विज्ञप्ति जारी गरिएको छ ।
१. हामी चार विद्यार्थी संगठनहरु आगामी स्ववियु निर्वाचनमा संयुक्त रुपमा सहभागी हुने ।
२. स्ववियु निर्वाचनमा त्रिविमा भएको निजीकरण, व्यापारीकरण, दलीय भागबन्डा र स्रोत साधन दुरुपयोग अन्त्यको एजेण्डा लिएर जाने ।
३. विश्वविद्यालयको भर्ना, पठनपाठन, परिक्षा र नतिजा प्रकाशनमा विश्वविद्यालयको क्यालेन्डर लागू गराउने ।
४. विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरूमा सुविधा सम्पन्न भौतिक पूर्वाधार (कक्षा कोठा, शौचालय, ल्याव, खेलकुद लगायत) र विद्यार्थीका लागि आवास गृहको निमार्णको एजेन्डा लिएर जाने ।
५. विद्यार्थीहरू माझ राष्ट्रियता एवं जनजीविका को पक्षमा र बेरोजगारी तथा युवा पलायन साथै दलाल पुँजीवादी संसदीय व्यवस्था विरोधी मोर्चा तयार गर्ने ।
६. त्रिविको शैक्षिक एवं प्रशासनिक गुणस्तर सुधार साथै समय सापेक्ष र व्यवहारिक शिक्षाबारे विश्वविद्यालय र विद्यार्थीबीच छलफल, बहस र अन्तरक्रिया गर्ने ।
७. एजेण्डा मिल्ने वाम, देशभक्त तथा प्रगतिशील विद्यार्थी संगठनहरुसँग आगामी स्ववियु निर्वाचनकमा तालमेल तथा सहकार्य गर्ने ।
