२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • सहिद आवासीय मा. वि पोखरामा क्रान्तिकारीको...
-.--5246

सहिद आवासीय मा. वि पोखरामा क्रान्तिकारीको खेलकुद तथा शैक्षिक सामग्री वितरण कार्यक्रम 

सहिद आवासीय मा. वि पोखरामा क्रान्तिकारीको खेलकुद तथा शैक्षिक सामग्री वितरण कार्यक्रम 

आइतवार, फाल्गुण १४ २०७९
आइतवार, फाल्गुण १४ २०७९
  • कास्की । अखिल ( क्रान्तिकारी ) पश्चिम गण्डक व्युरोले पोखराको सहिद आवासीय मा. वि मा शैक्षिक तथा खेलकुद सामग्री वितरण र विधार्थीहरुसङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा फलफूल, पुस्तक, कपि, भलिबल, फुटबल, ब्याटमिन्टन, चेस लगाएतका सामग्रीहरु वितरण गरेको अखिल( क्रान्तिकारी ) का कास्की जिल्ला संयोजक कमरेड केशले बताए ।

    संगठनका ब्युरो इन्चार्ज प्रकाश सी को अध्यक्षता मा सप्पन्न भएको कार्यक्रममा पार्टीका ब्युरो इन्चार्ज राजन सी ले प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेकपा जनयुद्ध को मुल्य मान्यताबाट बिचलित नभएर नै एकीकृत जनक्रान्तिमर्फत वैज्ञानिक समाजवाद ल्याउने अभियानमा लागेको बताए ।

    कार्यक्रममा जिल्ला इन्चार्ज उभार, सेक्रेटरी काजी, प्रधानाध्यापक कल्पना चिलुवालले मन्तव्य राखेका थिए भने केन्द्रीय सदस्य शुसिला सी ले जनयुद्ध झल्काउने गरि गित प्रस्तुत गरेकी थिइन् । क्याम्पस जिल्ला संयोजक कमरेड सचिनले सञ्चालन गरेको कार्यक्रममा कास्कीका जनसत्ता प्रमुख परिवर्तन लगाएत जिल्लाका नेताकार्यकर्ताहरु, बिधालयका शिक्षक कर्मचारीहरुको राम्रो उपस्थिति रहेको थियोे ।
     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij