२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5236

डोटीमा जिप दुर्घटना २ जनाको मृत्यु, ६ जना घाइते

डोटीमा जिप दुर्घटना २ जनाको मृत्यु, ६ जना घाइते

शनिवार, फाल्गुण ६ २०७९
शनिवार, फाल्गुण ६ २०७९
  • बुटवल । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा शुक्रबार राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

    घाइते हुनेमा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij