२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • बैंकहरुलाई ब्याज तत्काल घटाउन नेकपा  नवलपरासीको...
--5231

बैंकहरुलाई ब्याज तत्काल घटाउन नेकपा  नवलपरासीको आग्रह

बैंकहरुलाई ब्याज तत्काल घटाउन नेकपा  नवलपरासीको आग्रह

शुक्रवार, फाल्गुण ५ २०७९
शुक्रवार, फाल्गुण ५ २०७९
  • नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले नवलपरासीमा जनप्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ ।
    पार्टीको केन्द्रीय कार्यक्रम अनुसार बैंक तथा वृत्तिय संस्थाहरुबाट ब्याजदर बृद्धि गरिएको , मिटर ब्याजी तथा लघुवृत्तका संचालकहरुले आम नागरिकहरुलाई दुःख दिएको भन्दै बिरोध प्रदर्शन गरिएको हो ।

    उक्त बिरोध प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज  कमल सीले बैंक तथा वित्तिय संस्थाहरुलाई तत्काल ब्याजदर घटाउन आग्रह गर्नुभयो ।

    उहाँले दलाल व्यवस्थाले जनताका गाँस बासको ग्यारेन्टी राज्यले गर्न नसकेको र कागजमा लेखेको मात्र संविधान जनताले खोजेका छैनन् उनीहरूका समस्या समाधान हुने संविधान चाहिएको छ नेता कमलले भन्नु भयो “केही दलाल र भ्रष्टाचारीहरुले देशलाई श्रीलंका बनाउदै छन् आम नागरिक सचेत हुनुपर्ने, भन्दै दलाल पुँजीवादी व्यवस्थाले जनताहरुका समस्या समाधान गर्न नसक्ने भन्दै यसको विकल्प बैज्ञानिक समाजवाद नै ल्याउनु पर्ने बताउनुभयो ।”

    अहिले व्यावसायीहरु तथा बैंक तथा लघुवित्त पिडितहरुले आत्महत्या गरिरहेका छन् ,त्यसको जिम्मेवार भ्रष्ट दलाल सत्ताले लिनुपर्ने उहाँले बैंक तथा मिटर ब्याजीहरुले बढाएको ब्याज र हर्जना तत्काल फिर्ता गर्न माग गर्दै बेवास्ता गरे जनकार्वाही गर्ने चेतावनी दिनुभयो ।

    कार्यक्रम गणेष सीको सञ्चालनमा भएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij