२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • वित्तीय संस्थाको ज्यादती र मिटर...
--5227

वित्तीय संस्थाको ज्यादती र मिटर ब्याजीकाविरुद्ध बुटवलमा नेकपाको प्रदर्शन

वित्तीय संस्थाको ज्यादती र मिटर ब्याजीकाविरुद्ध बुटवलमा नेकपाको प्रदर्शन

शुक्रवार, फाल्गुण ५ २०७९
शुक्रवार, फाल्गुण ५ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बैंकहरुको चर्को ब्याजदर, लघुवित्त वित्तीय शोषण मिटरब्याजी चर्को घरवहालकाविरुद्ध  र कोरिडोर पीडित जनताको उचित व्यवस्थापनको लागि दबाब मुलक विरोध प्रदर्शन बुटवलमा सम्पन्न गरेको छ । बुटवलको नयाँ बसपार्कदेखि सुरु भएको र्यालि पुष्पलाल पार्क,विपि चोक, अमरपथ,राममन्दिर लाईन हुँदै टक्सारटोलमा पुगेर कोणसभामा परिणत भएको थियो । 

    कोणसभालाई सम्बोधन गर्दै नेकपाका रुपन्देही जिल्ला ईन्चार्ज ध्रुव सीले नेपालमा भएका पटकपटक निर्वाचनमा जनतालाई भोट बैंक बनाएर सरकार र सत्तामा पुग्ने र  सिंहदरबार र बालुवाटारबाट असफल भएर निस्केर विभिन्न खालका आरोप खेपेर निस्कने परम्परा नेपालमा भएको बताए । 


    उनले देशमा जनयुद्धको बलमा लोकतन्त्र ,गणतन्त्र आएपनि जनताका अधिकारको प्रत्याभूति दिन नसकेको भन्दै देशमा लोकतन्त्र नभएर लुटतन्त्र स्थापना भएको र लुटतन्त्रमा सत्तासिन पार्टी बसिररहेको बताउँदै भ्रस्टाचार ,लुटतन्त्रको अन्त्य नेकपाले गर्ने बताए ।

     
    अहिले नेपालमा बैंकहरुको चर्को व्याजदर, लघुवित्त र मिटरब्याजीहरुको कारण जनताहरु घरबारविहिन हुनुपर्ने, आत्महत्या गर्नुपर्ने सम्मको अबस्था श्रृजना भएको बताउँदै सरकारलाई जनता र ब्याबसायीहरुको समस्याहरूमा कुनै सरोकार नभएको बताए । 

    उनले नेपाली जनताको प्रमुख बाधक नेपालको दलाल  संसदीय पुँजीवादी व्यवस्था भएको र यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताउँदै भएको बताए । जनतालाई गाँस बास कपासको व्यवस्था नगर्ने पुँजीवादको काम नभएको भन्दै  नेपालमा वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्रै जनताका गाँस बासको ग्यारेन्टी हुने त्यसको नेतृत्व नेकपा एकीकृत जनक्रातिको गर्ने बताए ।

    कार्यक्रममा नेपाल घरवहाल सरोकार संघका रुपन्देही जिल्ला अध्यक्ष राजु लिगल,करिडोर संघर्ष समितिका विष्णु सुनारले बोलेका थिए ।
    कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य तथा पुर्वी लुम्बिनी ब्युरो ईन्चार्ज प्रज्वलन सी , केन्द्रीय सदस्य नविन सी , केन्द्रीय सदस्य विस्वास सी केन्द्रीय प्रतिनिधि सदस्य वर्षा सीको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीको सन्चालनमा भएको थियो । 

    नेकपाले आज देशब्यापी प्रदर्शन गरेकोे छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij