२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • अखिल नेपाल जनसांस्कृतिक महासङ्घको छैटौं बैठक...
--5224

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको छैटौं बैठक सम्पन्न

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको छैटौं बैठक सम्पन्न

शुक्रवार, फाल्गुण ५ २०७९
शुक्रवार, फाल्गुण ५ २०७९
  • बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको छैटौं पूर्ण बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ ।बैठकले पहिलो तीन महिने आवधिक योजना अनुसार संगठन निर्माण तथा जनसम्बन्ध विस्तार अभियान चलाउने निर्णय गरेको छ ।

    संगठनलाई यो अभियानमा परिचालन गर्न व्युरो तहको संरचना बनाएर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।
    सँगै महासङ्घले वैदेशिक सांस्कृतिक अतिक्रमणको विरुद्ध, चलचित्र क्षेत्र र संगीत उद्योगमा देखिएका समस्याहरुको बारेमा संघर्ष गर्ने निर्णय पनि गरेको छ । 

    काठमाडौंको कपुरधारमा सम्पन्न बैठकमा संगठनका अध्यक्ष तथा पार्टी पाेलिट ब्युरो सदस्य माइला सीको अध्यक्षता गरेका थिए भने बैठकको संचालन संगठनका महासचिव कुशल सीले गरेका थिए ।

    बैठकमा पार्टीको पाेलिट ब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सी, सहिद परिवार समाज इन्चार्ज तथा पार्टीको पाेलिट ब्युरो सदस्य क्रान्ति सीको विशेष उपस्थितिमा रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij