२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा इलामद्धारा सहिद स्मृती प्रतिक्षालयको...
--5223

नेकपा इलामद्धारा सहिद स्मृती प्रतिक्षालयको औपचारिक उद्घाटन तथा शुभकामना आदानप्रदान

नेकपा इलामद्धारा सहिद स्मृती प्रतिक्षालयको औपचारिक उद्घाटन तथा शुभकामना आदानप्रदान

सोमवार, फाल्गुण १ २०७९
सोमवार, फाल्गुण १ २०७९
  • इलाम  । नेपाल कम्युनिस्ट पार्टी इलामले माइनगरपालिका स्थित शितलीमा निर्माण सम्पन्न गरेको सहिद स्मृती प्रतिक्षालयको औपचारिक उत्घाटन आज शुभकामना आदानप्रदान कार्यक्रम सहित सम्पन्न भएको छ । माइनगरपालिकाबाट जनयुद्धा बलिदान गर्ने १७ जना सहिदहरुको नाम सहित शिलालेखमा महासचिब बिप्लवको शुभकामना बक्तब्य समेत रहेको छ । 

    आज २८ औं जनयुद्ध दिवशको अवशरमा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टिका नेता कार्यकर्ता , स्थानिय जनता र मजदुरहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज मौसमले शुभकामना सहित जनयुद्धको सपना पूरा गर्नु पर्ने दायित्वलाइ आफ्नो पार्टीले पूरा गर्ने बताएका थिए ।

    करिव ११ लाख खर्चमा निर्माण गरिएको उक्त प्रतिक्षालयमा महासचिब बिप्लवले लेख्नु भएको छ- " रचनात्मक सोच र श्रमले सृजना पैदा गर्दछन, नवीन सृजनामा क्रान्ती हुन्छ - सहिद स्मृती प्रतिक्षालय यसैको प्रतीक हो । यसका लागि इलामको नेतृत्व, कार्यकर्ता र साथ दिने जनतालाइ धेरै-धेरै धन्यवाद साथै निरन्तर प्रगतिको शुभकामना ।"
     उक्त प्रतिक्षालयको शिलान्यास भने पार्टिका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले गरेका थिए । 
     
                     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij