२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • जनयुद्धलाई आलोचना गर्ने व्यक्तिहरु पराजित...
--5221

जनयुद्धलाई आलोचना गर्ने व्यक्तिहरु पराजित मानसिकताको उपज हुन् : विप्लव

जनयुद्धलाई आलोचना गर्ने व्यक्तिहरु पराजित मानसिकताको उपज हुन् : विप्लव

सोमवार, फाल्गुण १ २०७९
सोमवार, फाल्गुण १ २०७९
  • कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताउनु भएको छ । महासचिव विप्लव सीले जनयुद्ध दिवस जनताको दिवस भएकाले राष्ट्रिय पर्बको रुपमा सबैले मनाउनु पर्ने धारण बताउनुभयो ।

    महासचिव विप्लव सी ले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित २८ औं जनयुद्ध दिवसलाई सम्बोधन गर्दे महासचिव विप्लव सीले अधिकार नपाएको जनताको विद्रोह स्वरुप जनयुद्ध भएको उदघोष गर्नुभयो ।
    उहाले भन्नुभयो“नेपालका सबै किसान, मजदुर, महिला, मधेशी, मुस्लिम आदीवासी, जानजाती लगायत सबैको मुक्तीको लागि भएको जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ । ”

    अझै पनि केही नागरिकहरु जनयुद्धलाई अपमानितको रुपमा लिएको हुदाँ जनयुद्धलाई आलोचना गर्ने ब्यक्तिहरु पराजित मानसिकताको उपज भएको विप्लबको भनाई रहेको थियो ।
     विप्लवले नागरिकको हक अधिकारका लागि सदैव एकजुट भइ जनक्रान्ती गर्नु पर्ने बताउनु भयो । फागुन ५ गते मिटरब्याजीको विरुद्ध र फागुन १५ गते लघुवितिय विरुद्ध देशभर विरोध गर्ने विप्लवले बताउनु भयो ।

    प्रचण्ड, माधव कुमार नेपाल, केपी शर्मा ओलीसग छलफल गरिरहेको सबै कम्युनिष्ट मिलेर जनक्रान्तीको बाटोमा अघि बढाउने बताउनु भयो ।
    नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य धर्ब सीले जनयुद्धका  कारण देशमा विकास भएको बताउनु भयो । विना सघंर्ष केही उपलब्धि हासिल गर्न नसकिने भन्दै धर्ब सीले जनयुद्धको उपलब्धीलाई आत्मासात गर्नु पर्ने बताउनुभयो ।

    जनयुद्धमा १७ हजार जनाले कुर्बानी दिएकाले सबैले जनयुद्धलाई सहिढङगबाट लिनु पर्ने बताउनुभयो । कपिलवस्तुमै करिब १६ सय जना द्वन्द पीडित रहेको बताउनु भयो । कपिलवस्तुका दक्षिणी भेगका केही मधेसी नेताले जनयुद्धमा होमिएका मधेसी नेपालीलाई शोषण गरेको बताउनु भयो ।
    त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य असल सीले राष्ट्रियता जोगाउन र बर्गिय मुक्तीको लडाइँमा जनयुद्ध भएको बताउनु भयो। उहाले भन्नुभयो “भारतका गाडी नेपालमा निर्वाध रुपमा खुलेआम सन्चालन हुँदै आएको छ तर नेपालका गाडी धर्मिक स्थल अयोध्या समेत जना पाउदैन । भारतीय हस्ताक्षेपको विरुद्धमा लाग्नु पर्र्छ ।  ”
    जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य खिमान सिहं परियार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएको छ ।
    २८ औं जनयुद्ध दिवस कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी पश्चिम ब्युरो इन्चार्ज सन्जिव सीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय सदस्य सुशील सी केन्द्रिय सदस्य अडिग सी केन्द्रिय सल्लाहकार सन्ध्या सी, कपिलवस्तु पश्चिम जिल्ला अध्यक्ष हेमन्त सी केन्द्रीय प्रतिनिधि सदस्य रुषा सी र सहिद परिवार लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रम सन्चालक जिल्ला सचिव पाबेल सीले गर्नु भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij