२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • अखिल नेपाल महिला संघ क्रान्तिकारीको चौथो...
--5210

अखिल नेपाल महिला संघ क्रान्तिकारीको चौथो पूर्ण बैठक काठमाण्डौंमा सम्पन्न

अखिल नेपाल महिला संघ क्रान्तिकारीको चौथो पूर्ण बैठक काठमाण्डौंमा सम्पन्न

६ महिने संगठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय

आइतवार, माघ २९ २०७९
आइतवार, माघ २९ २०७९
  • काठमाण्डौं । अखिल नेपाल महिला संघ क्रान्तिकारीले महिलाहरुमाथि हुने सामाजिक आर्थिक राजनीतिक र सांस्कृतिक उत्पीडन विरुद्ध संघर्ष गर्न र बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि जनमत निर्माण गर्ने उदेश्यले ६ महिने संगठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौँमा सम्पन्न भएको संगठनको चौथो पुर्ण बैठकले यस्तो निर्णय गरेको हो।

    अनेमसंघ क्रान्तिकारीले विद्यमान संसदिय व्यवस्था अन्तर्गत दिइएका समानुपातिक समावेशी प्रतिनिधित्व देखि आर्थिक -राजनीतिक अधिकार समेत व्यापारको बिषय भएको, संसदिय व्यवस्था निश्चित पुजिका मालिकहरुको मात्रै ब्यस्था भएकोले यस अन्तर्गत महिला अधिकार र मुक्तिको सम्भावना नरहेको भन्दै महिलाहरुको पुर्ण अधिकारका लागि समाजवादी क्रान्ति अनिवार्य रहेको निष्कर्ष निकालेको हो।

     अध्यक्ष बन्धु सी को अध्यक्षता भएको चौथो पुर्ण बैठकमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य शिलु, नेकपा पोलिटब्युरो सदस्यहरु आस्था, विश्वक्रान्ति लगाएत संगठनमा आवद्ध महिला नेताहरूको सहभागितामा रहेको बताइएको छ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij