२८ माघ जाजरकोट। नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्यूरोको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।नेकपाको हालै सम्पन्न नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकले लिएका राजनीतिक , संगठन , संघर्ष र आर्थिक योजनाको मर्म र जिम्मेवारीबारे सम्प्रेषण गर्ने उदेश्यले प्रशिक्षण आयोजना गरिएको हो।
प्रशिक्षण का क्रममा नेकपा का स्थायी समिति सदस्य भरत सीले दलाल सम्सदीय पुजीवादी व्यवस्थामा संकट आइसकेको र यस्को एकमात्र बिकल्प बैज्ञानिक समाजवाद रहेको बताए । जाजरकोटको रिम्ना स्थित शहिद स्मृति भवनको सभाहलमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सी ले ६ महिने योजनाको उचाई र पार्टी कार्यभारबारे प्रशिक्षण दिएका थिए ।
जारकोट जिल्ला इन्चार्ज पौरख सी को अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा दक्षिण कर्णाली व्युरो इन्चार्ज सङ्गम सी र योद्दा सी लगायत डोल्पा र जाजरकोटका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
सुर्यकिरण सीले सञ्चालन गरेको कार्यक्रममा नेकपा जाजरकोट का सेक्रेटरी तथा दक्षिण कर्णाली व्युरो सदस्य बिराजन सी ले मन्तव्यद्वारा स्वागत गरेका थिए। उक्त कार्यक्रम मा २५ दिन गैरकानुनी हिरासत बाट छुटेका नेकपा जाजरकोटका सचिवालय सदस्य तथा जन पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य निराजन सीलाइ प्रमुख अथिती भरत सी द्दारा खादा र अबिर टिका लगाइ सम्मान गरिएको थियो।
