२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5206

नेकपाले यसरी मनाउँदैछ जनयुद्ध दिवस

नेकपाले यसरी मनाउँदैछ जनयुद्ध दिवस

शनिवार, माघ २८ २०७९
शनिवार, माघ २८ २०७९
  • २८ माघ, काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले नेपालमा नयाँ जनवादी क्रान्ति , समाजवाद र साम्यवादी उदेश्य सहितजनयुद्ध शुरु भएको दिनफाल्गुन १ गतेलाई विभिन्न उत्सव र दिपावली सहित जनयुद्ध दिवस मनाउने भएको छ।

    प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गरौं , नयाँ जनवादी राज्यसत्ता स्थापनाको दिशामा अगाडि बढौ भन्ने मुख्य उदेश्य सहित २७ बर्ष अघि अर्थात वि. स.२०५२ साल फाल्गुन १ गतेबाट शुरु भएको जनयुद्धको स्मरण , सम्मान र प्रतिबद्धता स्वरुप आगामी फाल्गुन १ गते उत्सवपुर्ण रुपमा जनयुद्ध दिवस मनाउने भएको हो।

    शनिबार पार्टीका महासचिव विप्लव सीले ऐतिहासिक जनयुद्ध दिवस भव्य र उत्सवमय बनाउन पार्टी मातहतका निकायहरुलाई निर्देशन गर्दै परिपत्र जारी गरेका छन। जनयुद्ध दिवसका अवसरमा फाल्गुन १ गते बिहान वाजागाजा सहित सडक परिक्रमा गर्ने, दिउँसो भोज सहित उत्सव कार्यक्रम गर्ने र साँझ चोक र घरआगनमा दिप प्रज्वलन सहित दिपावली मनाउने कार्यक्रम रहेको कुरा नेकपा केन्द्रिय कार्यालयले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij