बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आज होटल मेरिगोल्डमा बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पार्टीको चौंथो पूर्ण बैठकका निर्णय सार्वजनिकिकरण र देशको पछिल्लो स्थितिबारे धारणा सम्प्रेषण गर्ने उदेश्यले आयोजना गरेको पत्रकार सम्मेलनलाई पार्टीका रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीले जानकारी दिएका छन्।
होटल मेरिगोल्डमा दिउँसो १२ बजेदेखि हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि पार्टीका जिल्ला सेक्रेटरी बिरेन्द्र सीले एक प्रेस नोट जारी गरि अपिल गरेका छन् ।

