२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठक नेकपाको...
--5199

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठक नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठक नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न

क्रान्तिकारी ध्रुवीकरणको निम्ति बहस छलफल आरम्भ गर्ने

शुक्रवार, माघ २७ २०७९
शुक्रवार, माघ २७ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीसहित चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय गरेका छन् ।

    चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बसेकाे बैठकले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फाल्गुण १५ गते चार पार्टीको बैठक बस्ने निर्णय समेत गरेको छ ।

    बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती र नेकपा माओवादी समाजवादका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ ले संयुक्त प्रेस विज्ञप्ति जारी गरि देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भिर अवस्थामा रहेको निष्कर्ष निकालेका छन् ।

    संयुक्त प्रेस विज्ञप्तिकाे पूर्णपाठ छ:

    आज माघ २७ गते चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठक नेपाल कम्युनिस्ट पार्टीको
    केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बस्यो । बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न यो
    संयुक्त प्रेश विज्ञप्ति जारी गरिएको छ ।

    १) देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गंभिर अवस्थामा
    रहेको निष्कर्ष निकालियो ।

    २) नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी
    चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी
    बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ ।

    ३) पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनीक गर्न
    आगामी फाल्गुण १५ गते चार पार्टीको बैठक बस्ने निर्णय लिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij