२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपाका महासचिव  विप्लव र प्रधानमन्त्री...
--5192

नेकपाका महासचिव  विप्लव र प्रधानमन्त्री प्रचण्डवीच भेटवार्ता 

नेकपाका महासचिव  विप्लव र प्रधानमन्त्री प्रचण्डवीच भेटवार्ता 

आइतवार, माघ २२ २०७९
आइतवार, माघ २२ २०७९
  • २२ माघ,काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीच आज भेटबार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ७स्३०  बजे भेटबार्ता भएको हो।

    भेटबार्ताका क्रममा देशको पछिल्लो संकटपुर्ण  राजनीतिक परिस्थिति , नेपालको कम्युनिस्ट आन्दोलनको धुर्विकरणको आबश्यकता  र सरकार नेकपा  वीच भएको तीन बुदे सहमति अनुसार बन्दीहरुको रिहाई र मुद्दाहरू फिर्ता गर्नेबारे कुराकानी भएको  बताइएको छ।

    सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले राजनीतिक बन्दीहरुको रिहाई र मुद्दा खारेज गर्ने राजनीतिक र कानुनी प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक रहेको र छिट्टै पहल गर्ने  बताएका छ्न।

    आइतबार भएको भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रवक्ता प्रकाण्ड र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा समेत सहभागी थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij