२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी)ले स्ववियु विशेष प्रशिक्षण गर्दै,महासचिव विप्लवले...
--5191

अखिल (क्रान्तिकारी)ले स्ववियु विशेष प्रशिक्षण गर्दै,महासचिव विप्लवले उद्घाटन गर्ने

अखिल (क्रान्तिकारी)ले स्ववियु विशेष प्रशिक्षण गर्दै,महासचिव विप्लवले उद्घाटन गर्ने

आइतवार, माघ २२ २०७९
आइतवार, माघ २२ २०७९
  • २२ माघ , काठमाडौ । शिक्षामा निजीकरण र ब्यापारिकरण बन्द गर, जनताका लागि सर्वसुलभ र समान शिक्षाको व्यवस्था गर भन्ने मुख्य मुद्दा लिएर आन्दोलनरत अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले यहि माघ २४ गते स्ववियु बिशेश केन्द्रिय प्रशिक्षण गर्ने भएको छ।

    आगामी  चैत ५ गते हुने स्ववियु  निर्वाचनमा संगठनका शैक्षिक मुद्दाहरू बारे विद्यार्थी नेताहरूलाई प्रशिछित गर्ने उदेश्यले कार्यक्रमको आयोजना हुन लागेको हो।


    त्रिभुवन  बिश्वबिधालय अन्तर्गत ६१ ओटा आङ्गिक क्याम्पस  र १ हजार ४० ओटा सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने तय भैसकेको छ।मङ्गलबार  बिहान ११ बजेबाट त्रिभुवन बिश्वबिधालय केन्द्रिय कार्यालयको अडिटरियन हल कृतिपुरमा हुने  स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले गर्ने तय भएको छ।

    अखिल (क्रान्तिकारी)का महासचिव ललित बिश्वकर्माले भने “आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा चुनावी एजेन्डा के हुनेरु अबको विद्यार्थी आन्दोलन र शैक्षिक आन्दोलनका ठोस मुद्दाहरु के के हुने  र निर्वाचनलाई कसरी निष्पक्ष र स्वतन्त्र बनाउने भन्ने बारे प्रशिक्षण गर्न लागेका हौ ।”

    माघ २४ गते हुने भनिएको स्ववियु केन्द्रित प्रशिक्षणमा देशभरीबाट  अखिल (क्रान्तिकार)का ५ सय विद्यार्थी नेताकार्यकर्ता सहभागी हुने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij