२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नवलपरासीको  पाल्हीनन्दनमा भारतीय तिर्थयात्री बोकेको बस...
--5161

नवलपरासीको  पाल्हीनन्दनमा भारतीय तिर्थयात्री बोकेको बस दुर्घटना, ४५ जना घाइते

नवलपरासीको  पाल्हीनन्दनमा भारतीय तिर्थयात्री बोकेको बस दुर्घटना, ४५ जना घाइते

शनिवार, माघ ७ २०७९
शनिवार, माघ ७ २०७९
  • बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिक घाइते भएका छन् ।

    माघे औंशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा स्नान गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको युपी १६ एफ टी ७४६६ नम्बरको भारतीय बस ब्रेक फेल हुँदा पाल्हीनन्दन गाउँपालिकाको रमवापुरमा दुर्घटना भएको हो ।

    दुर्घटना परी घाइते भएकाहरुको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

    बसमा ६५ यात्रु सवार थिए । माघे ‌औंशीमा त्रिवेणीमा ठूलो मेला लाग्ने गर्दछ। उक्त मेलामा भारतबाट हजारौं श्रद्धालु स्नान गर्न आउने गर्दछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij