२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • अबको ५ वर्ष नेपाली क्रान्तिका लागि...
--5159

अबको ५ वर्ष नेपाली क्रान्तिका लागि महत्त्वपूर्ण समय हुनेछ : विप्लव 

अबको ५ वर्ष नेपाली क्रान्तिका लागि महत्त्वपूर्ण समय हुनेछ : विप्लव 

शनिवार, माघ ७ २०७९
शनिवार, माघ ७ २०७९
  • कपिलवस्तु ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आगामी ५ बर्ष समग्र नेपालको कम्युनिस्ट आन्दोलन , नेपाली क्रान्ति र नेपाल कम्युनिस्ट पार्टीका लागि महत्त्वपूर्ण समय हुने बताएका छन।पार्टीको नवौं केन्द्रिय कमिटीको तेस्रो पुर्ण बैठकमा प्रस्तुत दस्तावेजको मुख्य सारबारे  प्रस्ट पार्दै मङ्गलवार शुरु भएको केन्द्रिय समिति बैठकमा महासचिव  बिप्लबले यस्तो बताएका हुन्।

    पार्टी योजनालाई कडाइपुर्वक लागु गरौं , एकीकृत जनक्रान्तीलाई अगाडी बढाउ भन्ने शिर्षकको ११ पृष्ठलामो लिखित दस्तावेज र पार्टीको आवधिक योजनागत एजेन्डामाथि उध्घाटन मन्तव्य राख्ने क्रममा नेकपा महासचिव  विप्लवले नेपालको आजको सामाजिक ,राजनीतिक र आर्थिक क्षेत्रमा देखिएको अराजकता र संकट कुनै व्यक्ति वा दल बिशेषको होइन , यो भनेको विद्यमान सत्ता संरचना र समग्र पुजिवाद कै संकट भएको उल्लेख गरेका छन्।

    आगामी ५ वर्ष नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन , पार्टी , क्रान्ति र मुलुकको राजनीतिक परिस्थितिका लागि निकै निर्णायक र महत्त्वपूर्ण हुनेछ , यो कुरालाई ठिक ढंगले बुझेर हामी अगाडी बढ्नु पर्छू उनले भने “नेपालमा अहिले साम्राज्यवादले एमाले र माओवादी केन्द्रलाई पश्चिम बङ्गालको जस्तो  र नेकपालाई पेरु र इन्डोनेशियाको क्रान्ति जस्तो बनाउने कोसिस गरिरहेको छ।”

    मन्तव्यको क्रममा महासचिव विप्लवले क्रान्तिको क्रममा बिगतमा पुर्णकालिन नेता कार्यकर्ता भन्नाले घर छोडेर पार्टीका लागि कुनै पनि ठाँउ र काममा आफ्नो सम्पुर्ण समय 
     दिएर काम गर्ने कार्यकतालाई  भनियो तर अहिले समय बदलिएकोले अब पुर्णकालिन नेता कार्यकर्ताको परिभाषा बदलिएको छ र आहिलेको क्रान्तिकारी आन्दोलनमा पुर्णकालिन  भनेको कुनै न कुनै रुपमा आर्थिक उत्पादन सङ्ग जोडिएर जनताको सेवा गर्ने कुरा भएको बताएका छन्।

    एक फरक प्रसङ्गमा महासचिव विप्लवले भने हामीले नेपाली समाजको सामाजिक, सास्कृतिक बिभेद असमानता र उत्पिडनलाई अन्त्य गर्दै भेदभाव रहित , न्यायपुर्ण र मानवताप्रेमी सभ्यताका लागि  सी जाति निर्माणको गर्ने  निष्कर्ष निकालेका छौ।सी जाति निर्माण गर्ने कुरा सास्कृतिक लडाई पनि हो।यसबारे अध्ययन र तथ्यको आधारमा बहस गर्न जरुरी छ उनले थपे नेपालको कम्युनिस्ट आन्दोलनमा जनचेतना र जनभावनालाई पक्रिनु पर्छ भन्ने नाममा पिछडिएको चेतना तिर फर्किएको देखियो , 

    मन्तव्यको क्रममा उनले  महाधिवेशनबाट निर्माण भएका कमिटीहरु कामयापी हुनुपर्छ भनेर आफुले केन्द्रिय समिति बैठक अघि नै केन्द्रिय सल्लाहकार समिति र केन्द्रिय प्रतिनिधि समितिको समेत बैठक गरेर धारणा र सुझाव लिएको बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij