२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5156

विचारधारात्मक पत्रिका 'जनक्रान्ति'को नयाँ अङ्क प्रकाशित

विचारधारात्मक पत्रिका 'जनक्रान्ति'को नयाँ अङ्क प्रकाशित

शनिवार, पौष ३० २०७९
शनिवार, पौष ३० २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीको प्रकाशित गर्दै आएको विचारधारात्मक मुखपत्र ‘जनक्रान्ति’ को छैठौँ अङ्क प्रकाशित भएको छ । पत्रिकामा नयाँ राजनीतिक शंश्लेषणलाई समेटिएको छ । नवौँ महाधिवेशन बिशेष रहेको जनक्रान्तिको छैठौँ अंकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ‘नवौँ महाधिवेशनका मुख्य संश्लेषणहरु’ शीर्षकको आलेख समावेश गरिएको छ ।

    महासचिव विप्लवको आलेखमा दर्शन, एकीकृत आर्थिक स्वामित्व, एकीकृत निर्वाचन प्रणाली, पार्टीको तथ्यद्वारा रुपान्तरण, भूमण्डलीकृत पुँजीवाद, कम्युनिष्ट अन्तर्राष्ट्रिय, सी जाति, श्रम दिन, सहिद कोषका विषयमा प्रष्ट पारिएको छ ।

    यसैगरी, जनक्रान्तिको छैठौ अंकमा स्थायी समिति सदस्य विषमको नवौँ महाधिवेशन र सी जातिको निर्णयसबन्धी लेख रहेको छ भने गोकुलको माक्र्सवाद र राजनैतिक अर्थशास्त्र लेख प्रकाशन गरिएको छ ।

    त्यसैगरी, जनक्रान्तिको छैठौ अंकमा स्थायी समिति सदस्य शिलुको कम्युनिस्ट पार्टी र संगठनात्मक प्रश्न र भरत सीको आगामी चुनाव र महाधिबेशनका संश्लेषणहरु शीर्षकका लेख समाबेश भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij