बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देही र भैरहवा बहुमुखी क्याम्पसबीच ८ बुँदे सहमति भएको छ । अखिल (क्रान्तिकारी) रुपन्देहीले क्याम्पसमा देखिएका समस्याहरु विरुद्ध संघर्ष गर्दै आएको थियो ।
सहमति पत्रमा त्रिविले तोकेको पूर्ण कक्षाअनुसार पठनपाठन गर्ने, शौचालयको व्यवस्थापनलगायत भौतिक पूर्वाधार बनाउने, विद्यार्थीको संख्याको आधारमा पुस्तकालयमा उपलब्ध गराउने, पाठ्यक्रम अनुसार खेलकुद पूर्वाधार व्यवस्थापन गर्ने, स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने, लगायतका बिषयहरु रहेका छन् ।
सहमतिपत्रमा संगठनको तर्फबाट क्याम्पस इकाइ कमिटीका संयोजक उमेश यादव, जिल्ला अध्यक्ष पदम पराजुली र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अनिल कुमार झा र सहायक प्रमुख इन्द्रबहादुर विकले हस्ताक्षर गरेका छन् ।

