२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा केन्द्रीय प्रतिनिधि समितिको बैठक, प्रतिनिधिहरुले...
--5149

नेकपा केन्द्रीय प्रतिनिधि समितिको बैठक, प्रतिनिधिहरुले दिए सुझाब

नेकपा केन्द्रीय प्रतिनिधि समितिको बैठक, प्रतिनिधिहरुले दिए सुझाब

शुक्रवार, पौष २९ २०७९
शुक्रवार, पौष २९ २०७९
  • बुटवल । नेकपाको केन्द्रीय प्रतिनिधि समितिको प्रथम बैठक शिवगढीमा सम्पन्न भएको छ । पुस २५ देखि सुरु भएको बैठकले आगामी माघ २ गतेदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठकलाई प्रतिनिधिहरुले सुझाबहरु दिएका छन् । 

    पार्टी महासचिव विप्लवको अध्यक्षमा सम्पन्न भएको बैठकमा उहाँले १४ वटा प्रस्ताव राखेका थिए । बैठकमा देशभरबाट उपस्थित भएका प्रतिनिधि समितिले मौखिक र लिखित सुझावहरु दिएका छन् । 

    प्रतिनिधिहरुले दिएका सुझावहरुलाई महासचिव विप्लवले जवाफ दिएका छन् । उनले माक्र्सदेखि माओसम्म विकास भएका सिद्धान्तहरुलाई अझ ग्रहण गर्दै यसलाई विकास गरेर क्रान्तिलाई विजयमा पुर्याउनुपर्ने बताएका छन् । उनले कार्यकर्ताले आलोचनात्मक चेतलाई रचनात्मक चेतमा विकास गर्नुपर्ने बताउदै क्रान्ति उपदेश दिनेहरु क्रान्तिकारी हुन नसक्ने बताए । 

    उनले आगामी केन्द्रीय समितिको बैठकले महाधिवेशनले पास गरेका नीति, योजना, कार्यक्रमलाई थप सुदृढ गर्दै कार्यान्वयनमा लगिने बताए । 

    पुस २५ देखि सुरु भएको बैठक २८ गतेसम्म चलेको थियो । आजदेखि पोलिटब्युरो बैठक सुरु हुँदैछ भने माघ २ गतेदेखि केन्द्रीय समितिको बैठक सुरु हुने नेकपा केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij