२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--5148

पेरुमा सरकार विरोधी प्रदर्शनकारीले एक प्रहरीलाई ज्युँदै जलाए

पेरुमा सरकार विरोधी प्रदर्शनकारीले एक प्रहरीलाई ज्युँदै जलाए

प्रदर्शनमा हालसम्म ४७ जना मारिए

बुधवार, पौष २७ २०७९
बुधवार, पौष २७ २०७९
  • एजेन्सी । पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ। पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा हालसम्म ४७ जना मारिएका छन्। 
     
    एक सहकर्मीसँगै गस्तीमा रहेका २९ वर्षीय प्रहरी जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेकाे थियाे। आक्रमणसँगै उनीहरू भित्रै रहेकाे अवस्थामा उनीहरूकाे गाडीमा आगो लगाइएको थियो। 

    करिब ३५० जना आक्रमणकारीले आफूहरूमाथि आक्रमण गरेका सोनकाेका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताएका छन्। प्रधानमन्त्री अल्बर्टो ओटारोलाले सोनकोको मृत्युको पुष्टि गर्दै सरकार विरोधी प्रदर्शनकारीले उनीमाथि आक्रमण गरेका बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij