२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • पाल्पा रैनादेवी छहरामा बस दुर्घटना...
--5142

पाल्पा रैनादेवी छहरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पा रैनादेवी छहरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

शुक्रवार, पौष २२ २०७९
शुक्रवार, पौष २२ २०७९
  • बुटवल ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

    रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ जाँदै गरेकाे श्रीनगर यातायात समितिको ग १ ख ४९७७ नम्बरकाे बस राति १० बजेतिर धार्तिगैरा भन्ने स्थानमा पल्टिएको हो ।

    ६ जनाको घटनास्थलमै मृत्यु भएको र १५ जना घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको उद्धारमा खटिएका प्रहरी निरिक्षक श्रीराम भट्टले जानकारी दिए ।

     भट्टका अनुसार मृतक सबै महिला हुन् तर उनीहरुको सनाखत भएको छैन । बसमा २१  जना सवार रहेको बताइएको छ । घाइते सबै बोल्ने अवस्थामा रहेको भट्टले जानकारी दिए ।

    दुर्घटनास्थल सत्यवती-सालझण्डी-सन्धिखर्क सडक अन्तर्गत पर्दछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij