२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • बुटवल अस्पताललाईनमा जिप दुर्घटना एकजनाको...
--5133

बुटवल अस्पताललाईनमा जिप दुर्घटना एकजनाको मृत्यु

बुटवल अस्पताललाईनमा जिप दुर्घटना एकजनाको मृत्यु

शनिवार, पौष १६ २०७९
शनिवार, पौष १६ २०७९
  • बुटवल । बुटवलको अस्पताललाईनमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

    पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ग १ ज ६३६७ नम्वरको बलेरो पिकअप जिप अनियन्त्रीत भई पल्टिदा प्युठानको गौमुखी गाउपालिका वडा नं १ का २८ बर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    त्यसैगरी उक्त घटनामा परि सोही स्थानका २९ बर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन्। घाईते मध्ये शुरेश तामाङको अवस्था गम्भिर रहेको छ।

    ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिव्र गतिमा रहेको जिप सडकको मध्य भागमा रहेको पर्खाल र बार नाघेर बिपरित दिशामा पुगेको थियो।

    जिप बिजुलीको पोलमा ठोक्कीएका कारण बिजुलीको भाच्चिएपछि पोलमा रहेको तार भुईमा लत्रेर केही बेरयता सडक अवरुद्ध रहेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij