२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर...
--5127

रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बित

रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बित

बिहिवार, पौष १४ २०७९
बिहिवार, पौष १४ २०७९
  • बुटवल ।   गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ ।

    नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ गरेको थियो ।

     सुरुमा ब्यूरोले बुटबलका खिलेन्द्र सिंह जिसीलाई एक रिसोर्टबाट रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुन जस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

     उनीमाथि गरिएको अनुसन्धानका क्रममा उक्त घटनामा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो । उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सिआइबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

    सिआइबीको टोलीले सोही दिन नै बरामद भएको रकम, सुन जस्तो देखिने पहँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो । प्रहरीले उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij