२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • पाल्पामा नेकपाद्धारा १३० औं माओ...
--5125

पाल्पामा नेकपाद्धारा १३० औं माओ दिवस कार्यक्रम सम्पन्न

पाल्पामा नेकपाद्धारा १३० औं माओ दिवस कार्यक्रम सम्पन्न

सोमवार, पौष ११ २०७९
सोमवार, पौष ११ २०७९
  • बुटवल । नेकपा पाल्पाले १३० औं माओ दिवस मनाएको छ । पाल्पाको रिप्दीकोट गाउँपालिकामा आयोजित कार्यक्रमलाई नेकपा केन्द्रीय सदस्य तथा पाल्पा गुल्मी इन्चार्ज अपेक्षा सीले सम्बोधन गरेकी थिइन् । उनले विश्व क्रान्तिको नेतृत्व माओले गरेको स्मरण गर्दै आजको दलाल पुँजीवादका विरुद्ध लड्न माओले गरेका योगदानहरुलाई आत्मसात गर्नुपर्ने बताइन् । उनले सरकारी कम्युनिस्टहरुले माओ सिद्धान्तलाई तिलान्जली दिएको बताउदै मालेमावादलाई स्वीकार गर्नेहरुबीच धु्रवीकरण आवश्यक भएको बताइन् ।

    कार्यक्रमको अवसरमा अकलादेवी युवा क्लबलाई पार्टीले भलिबल र नेट हस्तान्तरण गरिएको थियो । कार्यक्रमको अवसरमा बादल सीको नेतृत्वमा ७ सदस्यीय युवा संगठन नेपाल र निर्माण सीको नेतृत्वमा ५ सदस्यीय मगर मुक्ति मोर्चा नेपाल समेत गठन गरिएको छ । 

    कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रीय प्रतिनिधि समिति सदस्य एवं जिल्ला सेक्रेटरी नेपाल सी, प्रमुख आतिथ्यता पार्टी केन्द्रीय सदस्य एवं पाल्पा इन्चार्ज अपेक्षा सी र सञ्चालन जिल्ला सचिवालय सदस्य आकाश सीले गरेका थिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij