२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • धर्मेन्द्र समूहका गुल्मी सेक्रेटरी चिरागद्धारा पार्टी...
--5121

धर्मेन्द्र समूहका गुल्मी सेक्रेटरी चिरागद्धारा पार्टी परित्याग

धर्मेन्द्र समूहका गुल्मी सेक्रेटरी चिरागद्धारा पार्टी परित्याग

बिहिवार, पौष ७ २०७९
बिहिवार, पौष ७ २०७९
  • बुटवल । धर्मेन्द्र समूहका गुल्मी सेक्रेटरी चिरागले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले विहीबार एक वक्तव्य जारी गर्दै उक्त पार्टीमा नरहने घोषणा गरेका हुन् । 

    वक्तव्यमा उनले उक्त समूह राजनीतिक वैचारिक रुपले अस्पष्ट, सांगठनिक रुपले अराजक, आर्थिक रुपले अपारदर्शिता, निकृष्ट खालको पूर्वाग्रह र मित्रशक्ति प्रति दुश्मनीपूर्ण रहेको र उक्त समूहले क्रान्ति नगर्ने बताएका छन् । 

    उनले आफु उक्त समूहको लुम्बिनी ब्युरो सदस्य, युवा संगठनको केन्द्रीय सचिवालय, लुम्बिनी व्युरो युवाको इन्चार्ज रहेको समेत बताएका छन् । 

    नेकपाले कारवाही गरेपछि धर्मेन्द्र समूहले नयाँ समूह बनाएका थिए । उक्त समूह राजनीतिक वैचारिक रुपले संकटमा परेपछि त्यहाँभित्रका इमान्दार नेता कार्यकर्ता देशव्यापी रुपमा उक्त समूह परित्याग गर्दै नेकपामा फर्किएका छन् र कयौं नेता कार्यकर्ता स्वतन्त्र रहेका छन् । चिरागले पनि स्वतन्त्र बस्ने बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij