२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5119

नवलपरासीमा नेकपाद्धारा मसाल जुलुस

नवलपरासीमा नेकपाद्धारा मसाल जुलुस

मंगलवार, पौष ५ २०७९
मंगलवार, पौष ५ २०७९
  • बुटवल । नेकपा नवलपरासीले अध्यादेश पास गर्न माग गर्दै मसाल जुलुस सम्पन्न गरेको छ । जिल्लाको सरावल गाउँपालिकाको वडा नं. १ को महेन्द्र राजमार्गको तुल्सीनगरमा मसाल जुलुस गरेको हो । 

    मसाल जुलुसपछिको कोणसभालाई पार्टीका बर्दघाट नगरपालिका इन्चार्ज गणेश सीले गरेका थिए । उनले बन्दी नेता कार्यकर्तालाई तत्काल रिहा गर्नुपर्ने र सम्पूर्ण झुठा मुद्दाहरु खारेज गर्नुपर्ने माग गर्दै यसका लागी अध्यादेश पास हुनुपर्ने बताए । 

    नेकपा नवलपरासीले पार्टीको देशब्यापी कार्यक्रम अन्तर्गत मसाल जुलुस सम्पन्न गरेको जिल्ला सेक्रेटरी प्रताप सीले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij