२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5118

कास्कीमा मशाल जुलुस सम्पन्न 

कास्कीमा मशाल जुलुस सम्पन्न 

सोमवार, पौष ४ २०७९
सोमवार, पौष ४ २०७९
  • कास्की । तीन बुँदे राजनीतिक सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी कास्कीले पोखरामा मशाल जुलुस सम्पन्न गरेको छ । औद्योगिक क्षेत्रबाट सुरु भएको मशाल जुलुस अमरसिंह चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    विभिन्न  नारा सहित अगाडि बढेको जुलुसको नेतृत्व केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सी ले गरेका थिए । जुलुस निकाल्ने क्रममा प्रदर्शनकारी र प्रहरी बीच केही समय तनाब सृजना भएको  थियो ।

    कोणसभाको सञ्चालन अखिल (क्रान्तिकारी ) क्याम्पस जिल्ला संयोजक सचिन सी ले गरेका थिए भने कार्यक्रमलाई सम्बोधन जिल्ला नेता परिवर्तन सी ले गरेका थिए । कार्यक्रममा ठूलो मात्रामा युवाहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij