२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा गुल्मीद्वारा राजबन्दी रिहाइको माग गर्दै...
--5117

नेकपा गुल्मीद्वारा राजबन्दी रिहाइको माग गर्दै मसाल जुलुस

नेकपा गुल्मीद्वारा राजबन्दी रिहाइको माग गर्दै मसाल जुलुस

सोमवार, पौष ४ २०७९
सोमवार, पौष ४ २०७९
  •  गुल्मी । नेकपा गुल्मीले ३ बुँदे सहमति कार्यान्वयनका लागि रास्ट्रपतिले तत्काल अध्यादेश स्वीकृत गर्नुपर्ने माग गर्दै मसाल जुलुस गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लामा मसाल जुलुस गरेको हो । नेकपा गुल्मीले आस्थाका सम्पूर्ण राजबन्दी रिहाई र झुठा मुद्दा खारेज गर्न माग गरेको छ ।

    जिल्लाको धुर्कोट गाउँपालिकाको जैसीथोकस्थित बर्बोट बजार र पिपलधारामस गरिएको मसाल जुलुसमा जिल्ला जनसरकार प्रमुख भीसणले तत्काल अध्यादेश स्वीकृत गरेर आस्थाका सम्पूर्ण राजबन्दीहरूलाई रिहा गर्न माग गर्नुभयो ।

    अखिल नेपाल किसान संघ क्रान्तिकारी केन्द्रीय सदस्य बिनोद पोखरेलले रास्ट्रपतिले अध्यादेश स्वीकृत नगर्नुमा साम्राज्यवादको षड्यन्त्र भएको बताउदै यसले गम्भीर अवस्था सिर्जना हुने बताउनुभयो । मसाल जुलुसमा नेकपाका नेताकार्यकर्ता त स्थानीय जनताको सहभागिता रहेकोे थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij