२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा र सरकारबीच भएको ३ बुँदे...
--5116

नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयन षड्यन्त्रका विरुद्ध बुटवलमा मसाल जुलुस

नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयन षड्यन्त्रका विरुद्ध बुटवलमा मसाल जुलुस

सोमवार, पौष ४ २०७९
सोमवार, पौष ४ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यनयनको पुर्व घोषित देशव्यापी कार्यक्रम अन्तरगर्त रुपन्देहीको बेलबासमा मसाल जुलुस तथा कोणसभा सम्पन्न गरेको छ ।

    मसाल जुलुस पछिको कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य तथा रुपन्देही १ नम्बर कमाण्ड ईन्चार्ज बिरेन्द्र बि कले स्वाधनिताको पक्षमा लड्ने जनताको पक्षमा लड्ने कार्यकर्तालाई कष्टडीमा धुनेर हत्कडीले यीनिहरुको बिचार मर्छ भन्ने कुचेष्टा नगर्न चेतावनी दिए ।

    उनले तीन बुँदे सहमति हारेर,नसकेर नभइ नेपाली जनताको अगाडी नेकपाका माग र कार्यक्रम लिएर जानुपर्छ भन्ने उद्देश्यले सहमति गरेको बताउँदै सरकारले नेकपाबीच भएको सहमति इमान्दारीपुर्वक लागु गर्न अपिल गरे । उनले देश र जनताका लागि लाखौं बलिदान गर्ने योद्धाहरुका लागि भएकोे अध्यादेश राष्ट्रपति कार्यालयबाट रोक्न भएको कुचष्टाप्रति घोर आपत्ति भएको भन्दै भोली १ घण्टे चक्का जाम कार्यक्रममा सहयोग गर्न अपिल समेत गरे । 

      

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij