२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5106

नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा

नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा

बिहिवार, मंसिर २९ २०७९
बिहिवार, मंसिर २९ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्न मुलुकी फौजदारी संहिता  पहिलो संशाेधन अध्यादेश २०८९ सरकारले राष्ट्रपतिसमक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्दको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    पार्टीको केन्द्रिय कार्यालयद्वारा बिहीबार दिइएको जानकारी अनुसार संघर्षका कार्यक्रम घोषण गरिएको हो ।
    नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषित कार्यक्रम अनुसार पौष १ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, पौष २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य मुख्य शहरहरुमा अन्तर्किया, पौष ४ गते बेलुका मशाल जुलुस र ५ गते बिहान १०- ११ बजेसम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेका छन् ।

    ओली सरकारसङ्ग नेपाल कम्युनिस्ट पार्टीले २० महिना अघि गरेको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रुपमा आफ्ना विषयहरु राख्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फिर्ता लिने, बन्दी बनाइएका नेता कार्यकर्ता रिहाई गर्ने र उनीहरुमाथि राजनीतिक आस्थाका आधारमा लगाइएका मुद्दाहरु खारेज गर्ने सहमति भएको थियो तर नेकपामाथिको प्रतिबन्ध फिर्ता लिएपनि बन्दिहरुको रिहाइ र मुद्दाहरू खारेज नभएकाले नेपाल कम्युनिस्ट पार्टी र देउवा सरकार बिच पटकपटक वार्ता र छलफल भएका थिए ।

    तीन बुँदे सहमतिलाई पूर्णता दिने र मुलुकमा शान्तिपूर्ण वातावरण निर्माण गर्ने उदेश्यले अघि बढाइएको अध्यादेश विरुद्ध षड्यन्त्र हुने र मुलुक फेरि द्वन्द्व, अस्थिरता र असहज दिशामा जाने तथा त्यसक्रममा बाह्य हस्तक्षेप बढ्ने खतरा रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषण गरेको जानकारी श्रोतले दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij