कैलाली । लम्कीचुहा नगरपालिका प्रमुख शुशिला शाहिले नगपालिकाको सवारी साधन र निर्माण औजारको प्रयोग गरि आफ्नो निजि घर निर्माणमा लगाउनु गल्ती भएको स्वीकार गरेकि छन।
सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै नगरप्रमुख शाहीले आफ्नो गल्ती भएको स्वीकार गरे पछिल्लो समय लम्कीचुहा नगरपालिका प्रमुख शाहीले नगरको सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको, सार्वजनिक खरिद ऐन बिपरित मोटरसाइकल खरिद प्रक्रिया अगाडि बढाएको , नदिजन्य सम्पदाहरुको उत्खननमा अबैध रुपमा काम गरिरहेकाहरुको संरक्षण गरेको लगाएतका आरोपहरु सहित नेपाल कम्युनिस्ट पार्टीले यी कामहरू रोकिनु पर्ने अन्यथा पार्टीले जनकारबाही गर्न बाध्य हुने चेतावनी दिएपछि शाहिले गरिरहेका अनियमिता र गैरकानुनी कामहरुबारे सञ्चार माध्यम , सामाजिक सञ्जाल र सरोकारवालाहरुको ध्यानाकर्षण भएको थियो।
आफुमाथि लागेका विभिन्न आरोप र पत्रकार खेम ढुंगानालाई बन्धक बनाएको विषयमा नेपाल पत्रकार महासङ्घ कैलाली शाखा लगाएत पत्रकारहरुका विभिन्न पेशागत संघ संगठनहरुले आपत्ति जनाए पछि यसबारे प्रस्ट पार्ने उदेश्यले नगरप्रमुख शाहीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ
“नगरपालिकाका सवारी साधन तथा औजारहरुको निजि प्रयोग सम्बन्धमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयमा ध्यानाकर्षण भएको छ।साथै यस विषयमा नेपाल कम्युनिस्ट पार्टीले देखाएको चासोप्रति समेत गम्भीर ध्यानाकर्षण भएको छ।त्यस्तै एकर दुइ पटक नगपालिकाको सवारी साधन तथा औजारहरु मेरो निजि घर निर्माणमा प्रयोग भएको विषयमा गल्ती भएको महसुस गरेकि छु र यसप्रकारका कमजोरी आगामी दिनहरुमा नदोहोर्याउने प्रतिबद्धता समेत जाहेर गर्दछु।”
सोहि विषयलाई लिएर आफुलाई न्युज २४ का पत्रकार बताउने खेम ढुङ्गानाले नगरप्रमुख आफ्नो घर जाने बाटोमा हिडिरहेकोबेला बिना अनुमति गलत मनोसायले भिडियो खिचिरहेको र उक्त कार्य रोक्न बारम्बार भन्दा समेत उक्त कार्य नरोकिए पछि इलाका प्रहरी कार्यालयलाई अवगत गराइएको हो।
वैयक्तिक गोपनियता सम्बन्धि ऐन २०७५ को दफा ३को उपदफा ४ बिपरितको काम गरेकोले पत्रकार खेम ढुङ्गानाले उक्त भिडियो आफै डिलेट गरेकाले यसबारे कोहि भ्रमित नहुन समेत शाहीले प्रेस बिज्ञप्ती मार्फत अनुरोध गरेकी छन।साथै उनले नगरपालिकाको गरिमा माथि आच आउने कुनै पनि कार्य गर्ने व्यक्तिलाई कानुनी कार्बाहि गर्नुपर्ने र आफु सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न प्रतिबद रहदै आएको भन्दै आफ्नो बचाउ गरेकि छन।
