कमल बिश्वकर्मा,अछाम । शिक्षामा संरचनागत तथा आमुल रुपान्तरण र समाजादी शिक्षा प्रणालीको उदेश्य सहित संघर्षरत अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी अछामले जिल्लाको शिक्षा क्षेत्रका समस्या , पठनपाठनको स्थिति र जनसम्बन्धलाई जिबन्त बनाउन अभियान प्रारम्भ गरेको छ।
अछामका ७ ओटा सामुदायिक क्याम्पस र ९२ ओटा माध्यमिक बिधालयको समग्र स्थितिको अध्ययन गर्ने , सरोकारवालाहरु सङ्ग अन्तर्किया गर्ने र पहिचान भएका समस्याहरूलाई सम्बन्धित निकायसङ्ग पुर्याइ उनिहरुको ध्यानाकर्षण गर्ने सोच सहित अभियान शुरु गरिएको कुरा क्रान्तिकारी विद्यार्थी अछामका अध्यक्ष दिपेन्द्र जैगडीले जानकारी दिएका छन्।
अछामजस्तो दुर्गम र मानव विकास सूचकांकको दृष्टिकोणले पछि परेको क्षेत्रमा बिकासका अन्य मुद्दा सङ्गै शैक्षिक मुद्दा पनि एक जल्दाबल्दो विषय भैरहेको बेला क्याम्पस र उच्च माध्यमिक विधालयको मापदण्ड अनुसार भौतिक संरचनाको के कस्तो स्थिति छ? विषयगत शिक्षकको उपलब्धता छ छैन, खानेपानी र सौचालयको उचित प्रबन्ध गर्न अझै किन सकिएको छैन र भएका संरचनाहरु पनि छात्रा र अपांग मैत्री छन वा छैनन् ?
पठनपाठनमा कम्प्युटर प्रणालीको प्रयोगको स्थित के छ ? सार्वजनिक पुस्तकालय किन सञ्चालनमा छैनन् ? अझै पाठ्यसामग्री किन बिद्यार्थीसम्म पुगेन ? चुनावमा शिक्षकहरु पार्टीगत प्रचारप्रसारमा लाग्दा पठनपाठन लगाएत समग्र क्षेत्रमा परेका नकारात्मक असरहरु के के छ्न, आदि विषयवस्तुमा केन्द्रित भएर अभियान सञ्चालन गर्ने र सबै स्थानीय तहका शिक्षा शाखा प्रमुख मार्फत ध्यानाकर्षण गर्ने योजना अभियानको रहेको उल्लेख गरिएको छ।
मङ्सिर २३ गतेबाट शुरु भएको अभियानका क्रममा श्री कालिकेश्वरी मावि तुर्माखाद, विश्वज्योती मावि जैश्वर,कुन्ती मावि मङ्गलसेन र धनवन्तरी मावि तोलीमा भेटघाट र अन्तक्रिर्या भैसकेको छ ।
