२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5097

जाजरकोटमा जीप दुर्घटना,१० जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना,१० जनाको मृत्यु

सोमवार, मंसिर २६ २०७९
सोमवार, मंसिर २६ २०७९
  • बुटवल । छोडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाका अनुसार ९ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो ।मध्यपहाडी हाइवे कर्णाली प्रदेश ००१ च ०४२९ बोलेरो जीप जेवाबाट लेवातिर जाँदै गर्दा खसेको हो ।

    दुर्घटनामा मृत्यु हुनेमा गाडी चालक भगवतीमाई २ दैलेखका मानबहादुर राउत, दैलेख भवगतीमाई ३ का विरेन्द्र केसी, सोही ठाउँका अम्बर बहादुर खड्का रहेका छन् । यस्तै जाजगरकोट खेडागाड नगर ५ का दीपक अधिकारी, अम्बरबहादुर अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा र वडा नम्बर ६ का वीरबहादुर खत्री रहेका छन् ।

    घाइतेहरुमा वडा नम्बर ५ का जयभान अधिकारी र ५ वर्षीया निशा अधिकारी रहेकी छन् । विरामी लिएर जाँदै गरेको बोलेरो जीप दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij