२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • अर्घाखाँचीको भुमिकास्थानमा ट्याक्टर दुर्घटना हुँदा...
--5096

अर्घाखाँचीको भुमिकास्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अर्घाखाँचीको भुमिकास्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमवार, मंसिर २६ २०७९
सोमवार, मंसिर २६ २०७९
  • बुटवल । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर - २ खाका वेसीमा लु ४ त. १२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ। 

    मृत्यु हुनेमा ट्याक्टर धनि ४० बर्षिय राजु पाण्डे रहेका छन्। पाण्डे को आज बिहान खाका वेसी खोला बाट पिपलनेटा बालुवा लिएर जाने क्रममा टारीको घुम्तीमा ट्याक्टर दुर्घटना हुँदा घटना स्थलमै पाण्डेको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। ट्याक्टर सडक खण्डदेखि ४० मिटर तल खसेको थियो। 

    राजु पाण्डेको शव ट्याक्टरको ह्याण्डडिलले च्यापिएको अवस्थामा उद्वार गरिएको थियो। स्थानीयहरुले राजु पाण्डेको शवलाई उद्वार गर्न नसके पछि जेसिबीको साहयताले उद्वार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची मा पठाईएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij