२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • कालिकोटमा डोजर दुर्घटना हुँदा २ जनाको...
--5093

कालिकोटमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु ३ वेपत्ता

कालिकोटमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु ३ वेपत्ता

शनिवार, मंसिर २४ २०७९
शनिवार, मंसिर २४ २०७९
  • बुटवल।  जिल्लाको कर्णाली करिडोर अन्तरगत रेगिंल सडकखण्डमा स्काभेटर डोजर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । घटनामा ३ जना वेपत्ता भएका छन भने ३ जना घाईते भएका छन ।

    फुकोट हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवराज बुढाको मृत्यु भएको छ ।

    यस्तै घटनामा सान्नित्रिबेणी १ का उमेश गिरी , सान्नित्रिबेणी १ का रक्तिम बिक र अछाम घरभएका डोजर चालक कमल सोडारी बेपत्ता भएका छन ।
    घटनामा रास्कोट नगरपालिका ७ का मिलन शाही, खाडाचक्र ११ बरातुका बिबेक भारती र बिकास भारती घाइते भएका छन ।

    घाइतेहरुको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ  । घटनामा बेपत्ता भएकाहरुको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij