२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5087

नेकपाद्धारा लम्कीचुहा नगरपालिकामा तालाबन्दी

नेकपाद्धारा लम्कीचुहा नगरपालिकामा तालाबन्दी

शुक्रवार, मंसिर २३ २०७९
शुक्रवार, मंसिर २३ २०७९
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टीले लम्कीचुहा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।

    लम्किचुहा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको योजना र बजेटमा भ्रष्टाचार गरेको, नगरसभाको निर्णय उल्लंघन गरी सवारीसाधन खरिद गरेको, वडामा मोटरसाइकल हुँदा हुँदै आवश्यकता बिना नै मोटरसाइकल खरिद गरेको, सार्वजनिक खरिद ऐन र कानुन विपरीत कोटेशनमा मोटरसाइकल खरिद गरि अनियमितता गरेको, नगर प्रमुखले आफ्नो व्यापारिक फाइदाका लागि जनताको करबाट प्राप्त सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको, आवश्यकता र औचित्यहिन महंगो र विलासी सवारीसाधन खरिद गरेको, नदीजन्य पदार्थको अवैध उत्खनन र संकलन गर्ने कार्यको संरक्षण गरेको आरोप लगाउँदै लम्कीचुहा नगर समितिले नगरपालिका कार्यालयमा तालाबन्दी गरेको हो।

    भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, महँगो र औचित्यहीन मोटरसाइकल खरिदको निर्णय फिर्ता गर्नुपर्ने नगरिए कडा कारवाही गर्न बाध्य हुने समेत पार्टीले चेतावनी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij