२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा दाङको चौथो पुर्ण बैठक सम्पन्न...
--5071

नेकपा दाङको चौथो पुर्ण बैठक सम्पन्न सेक्रेटरीमा जनक सी निर्वाचित

नेकपा दाङको चौथो पुर्ण बैठक सम्पन्न सेक्रेटरीमा जनक सी निर्वाचित

मंगलवार, मंसिर १३ २०७९
मंगलवार, मंसिर १३ २०७९
  • मंसिर १३ , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको सेक्रेटरीमा जनक सी निर्वाचित हुनुभएको छ ।
    नेकपा दाङको चौथो पुर्ण बैठकले पार्टीको सेक्रेटरीमा जुझारु युवा नेता जनक सीलाइ निर्वाचित गरेको हो । मंसिर १२ र २३ गते घोराहीमा दुइदिनसम्म चलेको बैठकमा नेकपाका पोलिटब्युरो सदस्य शितल सीले नेता जनकलाइ जिल्ला सेक्रेटरी निर्वाचित गर्न गरेको प्रस्तावलाई हलबाट एकमतले पास भएको थियो ।

    यस्तै नेकपाको चौथो पुर्ण बैठकले जिल्लाभरीका पालिका कमिटीका नेताहरुको कार्यक्षेत्र समेत हेरफेर गरेको छ । सो पार्टीले बबई गाउपालिकाको इन्चार्जमा सुधार सी , सेक्रेटरीमा रण बहादुर सीलाई जिम्मेवारी प्रदान गरेको छ भने शान्तिनगर(दंगिशरण गाउँपालिकाको इन्चार्जमा सुधार सी , सेक्रेटरीमा प्रेम सी , तुलसीपुर उपमहानगरकमिटीको इन्चार्जमा भुवन सी र सेक्रेटरीमा शिव सी , घोराही उपमहानगर कमिटीको इन्चार्जमा महान सी र सेक्रेटरीमा दान बहादुर सी , बंगलाचुली गाउँकमिटीको इन्चार्जमा भिम सी र सेक्रेटरीमा बल बहादुर सी , लमही उपमहानगर कमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा पुर्ण सी , राप्ती गाउँकमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा अदिप सी , गढवा गाउँकमिटी इन्चार्ज यज्ञ सी , सेक्रेटरीमा पदम सी , राजपुर गाउँकमिटीको इन्चार्ज उज्ज्वल सी , सेक्रेटरीमा शुर्य सीलाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

    यस्तै नेकपा दाङको चौथो पुर्ण बैठकले विभिन्न बिभागहरु समेत गठन गरेको छ । बैठकले स्कुलिङ बिभाग प्रमुख रुद्र सी , उत्पादन बिभाग प्रमुख धर्ती सी , जवस रमोर्चा संयोजन इन्चार्ज रुद्र सी , आर्थिक बिभाग प्रमुख जनक सी , जनपरीषद प्रमुख मंगल सी , न्याय बिभाग प्रमुख धर्ती सी , सांस्कृतिक टिम प्रमुख दिनेश सी , प्रकाशन तथा सुचनारसंचार बिभाग प्रमुख राजु सी , जनसेवक प्रमुख प्रतिरोध सीलाई जिम्मेवारी प्रदान गरेको हो ।

    यस्तै बैठकले जिल्ला कमिटीमा ४ जना थप गरेको छ । बैठकले हरी सी , दिनेश सी , दिल बहादुर सी , पदम सीलाई जिल्ला कमिटी मनोनीत गरिएको थियो ।

    बैठकले डिसेम्बर १० मा माओ दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । साथै पार्टी सदस्यसम्म राजनीतिक , वैचारिक प्रशिक्षण कार्यक्रम गर्ने , जवसरमोर्चाका पालिका र जिल्ला भेलाहरु गर्ने , जिल्लामा स्कुलिङ संचालन गर्ने निर्णय गरेको हो ।
    राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध कोणसभा , बिरोध सभा ,जुलुस सहित प्रदर्शन तथा प्रतिरोध संघर्ष गर्ने , राष्ट्रियता , जनजिविका , जनसवालका बारेमा आन्दोलन गर्ने , भ्रष्टाचार , मिटरव्याजी , कालोबजारी , तस्करी ,नदिजन्य पदार्थको अवैध उत्खनन विरुद्ध संघर्ष गर्नेपनि नेकपाले जनाएको छ ।

    नेकपाका केन्द्रीय सदस्य एवम दाङका सेक्रेटरी प्रदिपको अध्यक्षतामा बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य शितल सी , केन्द्रीय सदस्यहरु सम्झना सी , बिक्रम सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य निर्मल सी , विकाश सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , केन्द्रीय सदस्य संजय सी , राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर सी , अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक बिज्ञान सी लगाएतको आतिथ्य रहेको थियो ।

    चौथो पुर्ण बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा बैठकका प्रमुख अतिथि शितल सीले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।
    बैठकमा नवनिर्वाचित सेक्रेटरी जनक सीलाइ बैठकका प्रमख अतिथि , अतिथिहरु र सहभागी जिल्ला कमिटीका सदस्यहरुले टीका लगाएर बधाई ज्ञापन गरेका थिए भने पुर्व सेक्रेटरी प्रदिप सीले माइन्युट हस्तान्तरण गरेर जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij