बुटवल । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजेपछि सुकुम्बासीहरू हतियारसहित प्रदर्शनमा उत्रेका छन् । काठमाडौं महानगरको टोली डोजर लिएर बस्ती हटाउन आइतबार सुकुम्बासी बस्ती पुगेको थियो ।
महानगरको बस्तीले घरमा डोजर लगाउन थालेपछि सुकुम्बासीहरू हातमा खुकुरी लिएर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले काठमाडौंका मेयर बालेन शाह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्काे नाराबाजी गरेका छन् ।
