२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपाद्धारा पार्टीको पुनर्गठन दिवसको अवसरमा गुल्मी–पाल्पाको...
--5064

नेकपाद्धारा पार्टीको पुनर्गठन दिवसको अवसरमा गुल्मी–पाल्पाको संयुक्त प्रशिक्षण

नेकपाद्धारा पार्टीको पुनर्गठन दिवसको अवसरमा गुल्मी–पाल्पाको संयुक्त प्रशिक्षण

बिहिवार, मंसिर ८ २०७९
बिहिवार, मंसिर ८ २०७९
  • बुटवल । पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा नेकपाले गुल्मी पाल्पाको संयुक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । प्रशिक्षणको उद्घाटन विहीबार पाल्पामा गरिएको हो । 

    प्रशिक्षण उद्घाटन गर्दै नेकपाका पोलिटब्युरो सदस्य धु्रव सी ले तत्कालीन जनयुद्धका नायकले धोका दिएका कारण पार्टी पुनर्गठन गर्नुपरेको बताउनुभयो । उहाँले पार्टीमा देखा परेको संशोधनवाद, विचलन, अकर्मण्यता र अन्यौलताका कारण विद्रोह गरी पार्टी पुनर्गठन गर्नुपरेको भन्दै अहिले संसदीय व्यवस्थाविरुद्ध पार्टी वैकल्पिक शक्तिको रुपमा उभिएको बताउनुभयो । उहाँले संसदीय व्यवस्थाविरुद्ध विद्रोह गरेको तत्कालीन जनयुद्धको नेतृत्व प्रचण्ड बाबुरामले अहिले शेरबहादुर देउवाको फेरो समाएर आफ्नो अस्तित्व धानिरहेको बताउदै यसबाट कसैपनि भ्रममा पर्न नहुने बताउनुभयो । उहाँले क्रान्तिकारी पार्टी, क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी संगठन र क्रान्तिकारी सेनाले मात्रै क्रान्ति सम्पन्न गर्न सकिने बताउनुभयो । 

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं गुल्मी पाल्पा इन्चार्ज अपेक्षा सी, केन्द्रीय सदस्य धीरज सीले पार्टी पुनर्गठन दिवसको शुभकामना दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता केन्द्रीय प्रतिनिधि सदस्य एवं पाल्पा सेक्रेटरी नेपाल सी, सञ्चालन केन्द्रीय प्रतिनिधि सदस्य एवं गुल्मी सेक्रेटरी सुमन सी र स्वागत नेकपा पाल्पा सचिवालय सदस्य निशान सीले गर्नुभएको थियो । 

    कार्यक्रमको अवसरमा निर्वाचन खारेजी अभियानको क्रममा गिरफ्तार पर्नुभएका युवा संगठन नेपाल गुल्मीको सत्यवती गाउँपालिका अध्यक्ष गम्मर सीलाई सम्मान गरिएको थियो । कार्यक्रममा एकअर्का बीच अविर माल्र्यापण गरेर शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा गुल्मी र पाल्पाका पार्टी नेता कार्यकर्ता, सल्लाहकार, सहिदपरिवार लगायतको सहभागिता रहेको थियो । 

    पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको राजनीतिक वैचारिक प्रशिक्षणमा पार्टी पोलिटब्युरो सदस्य ध्रुव सी, केन्द्रीय सदस्य अपेक्षा, सेक्रेटरीद्धय नेपाल सी र सुमन सीले पार्टीको नवौं महाधिवेशनले पारित गरेको दर्शन, राजनीतिक अर्थशास्त्र, संगठन, आजको साम्राज्यवाद तथा भूमण्डलीकृत पुँजीवाद, दलाल पुँजीवाद, राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीति, विज्ञान र प्रविधि लगायतका बिषयमा प्रशिक्षण गरिएको छ ।       

    प्रतिक्रिया

    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij