२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा रुपन्देहीद्धारा ९ औं पार्टी पुनर्गठन...
--5063

नेकपा रुपन्देहीद्धारा ९ औं पार्टी पुनर्गठन दिवस सैनामैनाको गढवामा सम्पन्न

नेकपा रुपन्देहीद्धारा ९ औं पार्टी पुनर्गठन दिवस सैनामैनाको गढवामा सम्पन्न

बिहिवार, मंसिर ८ २०७९
बिहिवार, मंसिर ८ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले ९ औं पार्टी पुनर्गठन  दिवस रुपन्देही सैनामैना नगरपालिका ५ गढवामा सम्पन्न गरेको छ । 
    पनर्गठन दिवसको अवसरमा शुभकामना दिँदै नेकपाका पोलिटब्युरो  सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज कृति सीले पार्टीलाई गतिहीन बनाएर मृत्यु सैयामा पुर्‍याएको पार्टीलाई नयाँ जीवन दिएर पार्टी पुनर्गठन गरेको त्यही दिनलाई ऐतिहासिक दिनका रुपमा मनाउँदै आएको बताए । 

    उनले अहिले विभिन्न व्यक्ति र स्वतन्त्रको नाममा अमेरिकी साम्राज्यवाद  नेपालमा हावि भएको बताउँदै मुख्य कुरा व्यक्ति नभएर राजनीति रहेको र यसका लागि जनतालाई स्पष्ट पार्नुपर्ने बताए । उनले एसपीपी आउनु भनेको नेपालमा अमेरीका आउनु नेपाल र अफगानस्थान बन्नु भएको बताए । 
    कृतिले नेकपाले अहिलेको चुनावलाई खारेजि अभियानको रुपमा जनतामाझ गएको र संसदीय व्यवस्थाप्रति जनताको बितृष्णा बढेकोले दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अहिलेको उत्तम विकल्प रहेको बताए ।

    नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास सीले जनता लुट्ने व्यवस्था विरुद्ध क्रान्ति गरेको बताए । उनले निकाससहित अगाडि बढियो भने रातो झण्डा उचालेर गन्तब्यमा पुग्न सकिने बताए । व्यवस्था परिर्वतन नभएसम्म राष्ट्र परिर्वतन नहुने भन्दै सचेत जनताले समयमै कुरा नबुझे देश खाल्डोमा फस्ने भन्दै समयमा नै सचेत रहनुपर्ने बताए । 


               
    कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार जितबहादुर सीले ९ औं पार्टी पनर्गठन दिवसको शुभकामना दिँदै नेपालमा सर्वहारा चरित्र भएको पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र रहेको र  देशमा मजदुर किसान र सर्वहाराको सत्ता ल्याउनको लागि नेकपा लागिपरेको बताए । 
    कार्यक्रममा नेकपाका जिल्ला सल्लाहकार चन्द्रबहादुर सीको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला  सेक्रेटरी विश्वास सीको अध्यक्षता, जिल्ला सदस्य बर्षा सीको स्वागत मनतब्य र २ नम्बर कमाण्ड इन्चार्ज नविन सीको सन्चालनमा भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij