२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • गुल्मीको ठूलो लुम्पेकमा जीप दुर्घटना, ५...
--5059

गुल्मीको ठूलो लुम्पेकमा जीप दुर्घटना, ५ जनाको निधन, ३ घाइते (विवरणसहित)

गुल्मीको ठूलो लुम्पेकमा जीप दुर्घटना, ५ जनाको निधन, ३ घाइते (विवरणसहित)

बुधवार, मंसिर ७ २०७९
बुधवार, मंसिर ७ २०७९
  • गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ को कुटडाँडामा जीप दुर्घटना भएको छ । बुधबार विहान सवा २ बजे लु २ ख ५३४० नं.को जीप दुर्घटना भएको हो । दुर्घटनाबाट गाडी धनी झलक सोमै, मिलन तरामु, रनबहादुर सिंजापति,जमुना सोमै र टिका राहादीको निधन भएको छ । जमुना सोमैको उपचारका लागी अस्पताल लैजादै गर्दा निधन भएको हो ।  

    दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गिरी राहादी, चेतन सिंजापति र कारबेलिन सोमै  रहेका छन् । दुर्घटनामा घाइतेहरुको उपचारका लागी पाल्पा मिसन अस्पताल पठाइएको घटनास्थलबाट वडा अध्यक्ष जितु तरामु मगरले जानकारी गराएका छन् । 

    दुर्घटना साजपुर आधारभूत विद्यालयको नजिकै भएको हो । घटनास्थलमा गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे, उपाध्यक्ष निरु तरामु मगरलगायतको टीम पुगिसकेको छ भने प्रहरी समेत घटनास्थल पुगेको छ ।  घाइतेहरुको अवस्था र घटना कसरी भएको हो ? यसबारे थप विवरण आउन बाँकी रहेको छ । घटनास्थलबाट प्रहरी चौकी करिब १५ किलोमिटर टाढा रहेको छ । 

    फोटो : निरु तरामु मगर

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij