२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5051

मंसिर ४ को कथित निर्वाचन विरुद्ध रुपन्देहीको सैनामैनामा मसाल जुलुस

मंसिर ४ को कथित निर्वाचन विरुद्ध रुपन्देहीको सैनामैनामा मसाल जुलुस

शुक्रवार, मंसिर २ २०७९
शुक्रवार, मंसिर २ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देही २ नम्बर कमाण्ड अन्तर्गत सैनामैना नगरपालिकाको कलौनिमा मसाल जुलुस सम्पन्न भएको छ । मंसिर ४ गते हुने  कथित निर्वाचन खारेजिको लागि रुपन्देहीको सैनामैनामा मसाल जूलूस गरेको हो । 

    जनभेटघाट,प्रचारप्रसार,भित्तेलेखन,पर्चा वितरण कोण सभा ,भण्डाफोर सभा गर्दै शुक्रबार मसालजुलुस सम्पन्न गरेको छ। सैनामैनाको कलौनिदेखि  सुरुभएको मसाल जुलुस रामापुर  माबिको मतदान केन्द्रसम्म नारा जुलुस गर्दै पगेका थिए ।  

    मसालजुलुसमा करिब ७० ८० जनाको संख्यामा उपस्थित नेकपाका नेता तथा कार्यकर्ताले युवा विधार्थी,स्थानिय जनताहरुसमेत  चुनाव खारेजीको नाराहरु लगाउँदै कथित दलाल सत्ताको निर्वाचन खारेज गरौं, दलाल पुंजिवाद मुर्दावाद,साम्राज्यवाद मुर्दावाद,बैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद,दलाल सत्ताको कथित निर्वाचन धोका हो भन्दै नाराजुलुस गरेका थिए ।

    मसालजुलुसमा नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास सीको पनि उपस्थिती रहेको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij