२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • तीन कम्युनिस्ट पार्टीद्वारा निर्वाचनविरुद्ध...
--5037

तीन कम्युनिस्ट पार्टीद्वारा निर्वाचनविरुद्ध सोमबार बुटवलमा भण्डाफोर सभा सम्पन्न

तीन कम्युनिस्ट पार्टीद्वारा निर्वाचनविरुद्ध सोमबार बुटवलमा भण्डाफोर सभा सम्पन्न

सोमवार, कार्तिक २८ २०७९
सोमवार, कार्तिक २८ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी सहित तीन कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुने कथित संसदीय व्यवस्थाको निर्वाचन खारेज र बहिष्कारकालागि रुपन्दहीको बुटवलमा भण्डाफोर सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले  मंसीर ४ को निर्वाचत बहिष्कार र खारेज गरेर जानुको विकल्प नभएको बताए । 

    अहिले देशैभरि चलिरहेको चुनाव देशका दलालहरुको स्वार्थलाई सिद्ध गर्ने,मक्किएको राज्यलाई पुन संरक्षित गर्ने,पाँच बर्षमा बदनाम भएका पात्रहरुलाई सुनपानी र्छकने कार्यक्रमको रुपमा लिएको भन्दै क्रान्तिकारी पार्टीहरुको तर्फबाट नेपालका तीन कम्युनिस्ट पार्टीले सशक्त रुपमा निर्वाचन बहिस्कार र खारेजि गर्ने र मंसिर ४ गतेसम्म सशक्त रुपमा जाने बताए । 

    उनले भने ‘ हामी तिन पार्टी नेपालमा जनक्रान्तिबिना जनता र राष्ट्रलाई मुक्त गर्न सकिन्न भन्ने अवस्थामा पुगेका छौं अहिले पनि हाम्रो मोर्चाका विरुद्धमा धेरै ठुला षडयन्त्र भइरहेका छन् ,हाम्रा विरुद्धमा भएका षडयन्त्रका विरुद्ध लड्दै जाने छौं एउटा विन्दुमा पुग्नेबेला षड्यन्त्रकारीको नास हुनेछ र नेपाली जनताको बिजय हुने छ ।’ 

    उनले थपे ‘हामीले एमसीसीलाई नेपालबाट खारेज गर्न सकेनौं देश हाम्रो रहने छैन,खबरदार नेपालमा नेपाल कम्युनिस्ट पार्टी छ एकीकृत जनक्रान्ति चलाएको छ र नेतृत्व गरिरहेको छ । ’
    प्रकाण्डले देश र जनताप्रतिको सरोकार आफ्नो प्राणभन्दा प्यारो भएको भन्दै देशको स्वाधिनताकोलागि नेपालका लाखौं युवाहरु राष्ट्रिय मुक्ति युद्धमा लामवद्ध हुने बताए । 

    वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका पार्टी प्रवक्ता जागृति माझीले कथित ढोङ्गि निर्वाचन खारेज गर्नुपर्ने बताए । उनले दलाल पुँजीवादी राज्यसत्ताको विरुद्धमा रातो झण्डा फहराउने रातो रगत बगाउनुपर्ने र सामाजिक व्यवस्था स्थापना गर्नुपर्ने बताए । 

    नेकपाका केन्द्रिय सचिवालय सदस्य हरिदत्त ज्ञवालीले संसदीय निर्वाचन प्रणालीमा नवसामन्तहरुले जनआन्दोलन पश्चात राज्यसत्तामा हालिमुहालि गरिरहेको र देश लुटिरहेको भन्दै अहिले हुने निर्वाचन पनि नवसामन्तहरुलाई सत्तामा पुर्‍याउनको लागि निर्वाचन भर्‍याङ्ग बनाएको भन्दै अहिलेको निर्वाचनको औचित्य नभएको भन्दै शसक्त रुपमा खारेज र बहिष्कार गर्नुपर्ने बताए  । 

    अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष धिरेन्द्रा सीले व्यक्ति होइन व्यवस्था बदल्नुपर्ने बताइन् उनले व्यवस्था बदलिएपछि व्यक्ति स्वतः बदलिने बताइन्् । उनले भनिन् ‘ हामीले ल्याउने वैज्ञानिक समाजवादमा महिलाहरुको बलात्कृत हुनुपर्ने अवस्था आउने छैन ,भोकभोकै मर्नुपर्ने अवस्था आउने छैन, क्षमता अनुसारको काम र आवश्यकता अनुसारको दामको व्यवस्था गरिनेछ । महिलाहरुलाई रोजगारको ग्यारेन्टि गरिनेछ ,उत्पादनका साधनमाथिको स्वामित्वमा समान अधिकार कायम गरिने छ हामीले ल्याउने व्यवस्थामा ।’
    बिगतको उत्पिडन स्वरुप क्षतिपुर्तिसहित बिषेश अधिकार सहित समानुपातिक प्रतिनिधित्व व्यवस्था गरिने बताईन् । 

    कार्यक्रममा सामना परिवार,संग्रामी सांस्कृतिक परिवार र  स्थानिय थारु समुदायको थारु नृत्य प्रस्तुत गरेका थिए । 
    कार्यक्रम वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका लुम्विनी प्रदेश संयोजक वारको स्वागत मनतब्य नेकपाका पोलिटब्युरो सदस्य कृति सीको अध्यक्षता र नेकपाका पोलिटब्युरो सदस्य ध्रुव सीको सञ्चालमा भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij